धेरै संक्रमित हुने देशको सूचीमा ब्राजिललाई उछिन्दै भारत दोस्रो,  एकैदिन ९१ हजारमा संक्रमण « Khabarhub

धेरै संक्रमित हुने देशको सूचीमा ब्राजिललाई उछिन्दै भारत दोस्रो,  एकैदिन ९१ हजारमा संक्रमण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् ।

यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि आइतबार ९० हजार ६०० जनामा संक्रमण पुष्टि भएकोमा सोमबार यो समाचार तयार पार्दासम्म ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

सोमबार ९१ हजार ७२३ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १००८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ हजार ६८७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : ३८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज