कतारबाट ३०१ नेपाली स्वदेश फिर्ता « Khabarhub

कतारबाट ३०१ नेपाली स्वदेश फिर्ता



दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारो परेका नेपालीहरू धमाधम स्वदेश फर्कने क्रम जारी छ ।

कतारस्थित नेपाली दूतावासको आइतबार र सोमबारको विवरण अनुसार ३०१ जना नेपाली स्वदेश फर्किएका छन् ।

आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएको  कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

दुइ वटा उडानमा समावेश  भएका सबै नेपालीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि सचिव भट्टराई, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अब हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ लागि सेप्टेम्बर ८ र २३ मा उडान गर्ने तय भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ४८ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका