कतारबाट ३०१ नेपाली स्वदेश फिर्ता « Khabarhub

कतारबाट ३०१ नेपाली स्वदेश फिर्ता



दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारो परेका नेपालीहरू धमाधम स्वदेश फर्कने क्रम जारी छ ।

कतारस्थित नेपाली दूतावासको आइतबार र सोमबारको विवरण अनुसार ३०१ जना नेपाली स्वदेश फर्किएका छन् ।

आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएको  कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

दुइ वटा उडानमा समावेश  भएका सबै नेपालीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि सचिव भट्टराई, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अब हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ लागि सेप्टेम्बर ८ र २३ मा उडान गर्ने तय भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ४८ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको