लाइन जजलाई बलले हानेपछि नोभाक जोकोविचलाई कारबाही, यूएस ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने « Khabarhub

लाइन जजलाई बलले हानेपछि नोभाक जोकोविचलाई कारबाही, यूएस ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सर्वियन टेनिस सुपरस्टार नोभाक जोकोविच कारबाहीमा परेर यूएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा उनले प्रहार गरेको बल लाइन जजलाई लागेपछि उनी अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

३३ बर्षीय सर्वियन खेलाडी जोकोविचले सर्भिस गुमाएपछि रिसाएर प्रहार गरेको बल लाइन जजलाई लागेपछि उनलाई अयोग्य घोषित गरिएको हो ।

उक्त बल लागेर महिला लाइन जज कोर्टमा नै ढलेकी थिइन् । अयोग्य घोषित भएसँगै यस वर्षको यूएस ओपन प्रतियोगिताबाट उनको यात्रा समाप्त भएको छ ।

उक्त घटना हुनुअघिसम्म खेलमा जोकोभिच ६-५ ले अगाडि थिए । प्रतियोगितामा कारवाही स्वरुप अयोग्य घोषणा गरिएपछि उनले हासिल गरेका सबै अंकहरु काटिएका छन् । जसका कारण उनले पाउनु पर्ने रकममा समेत कटौती हुने भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १० : २८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका