विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर यी महिला बाहिर निस्किएपछि… (भिडियो सहित) « Khabarhub

विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर यी महिला बाहिर निस्किएपछि… (भिडियो सहित)


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक महिला विमानको इमेर्जेन्सी ढोका खाेलेर बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यूक्रेनकी ती महिला टर्कीबाट कीव शहरमा जान लागेकी थिइन । विमानभित्र यात्रु पसिसकेका थिए । ढोकाहरु पनि बन्द गरिएका थिए । बाहिर कर्मचारीहरु भने विमानमा केही मिलाइरहेका थिए । यहीबीचमा ती महिला बिमानको इमेर्जेन्सी ढोका खोलेर बाहिर निस्किइन ।

उनी इमेर्जेन्सी ढोका खोलेर हवाई जहाजको विंगमा निस्किइन् । यी महिलाको यो हर्कत देखेर बाहिर रहेका कर्मचारी तथा अन्य मानिस भने आश्चार्यचकित बने । उनले के पो गर्ने हुन् भन्ने सबैलाइ पर्‍यो ।

यसरी एकाएक उनी किन बाहिर निस्किइन भन्ने उनीहरुलाई थाहा भएन् । पछि उनीहरुले थाहा पाए- विमानभित्र निकै गर्मी भएपछि उनी बाहिर निस्किएकी थिइन ।

विमानभित्र निकै गर्मी भएपछि उनले एयरलाइन्ससँग समस्या राखिन् पनि तर ति महिलाको कुराको सुनुवाइ भएन । सुनुवाइ होस् पनि कसरी त्यहाँ अरु यात्रु चुपचाप गन्तव्यमा जानको लागी बसेका थिए ।

आफ्नो कुराको सुनुवाइ नभएपछि ती जिद्दी स्वभावकी महिलाले एउटा जुक्ति लगाइन् । नजिकै रहेको इमेर्जेन्सी ढोका खोलेर उनी बाहिर निस्किएकी थिइन् ।

हेरौं भिडियो

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ५७ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्