स्थगनको डेढ महिनामा डाकियो नेकपाको स्थायी कमिटी बैठक « Khabarhub

स्थगनको डेढ महिनामा डाकियो नेकपाको स्थायी कमिटी बैठक


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टीको आन्तरिक विवादले पटकपटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक डेढ महिनापछि डाकिएको छ ।

गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा हुने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन्।

सोमबार बिहान महासचिव विष्णुप्रसाद पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटकपटक स्थगित हुँदै आएको थियो ।

नेतृत्वको कार्यशैली र सरकार सञ्चालनमा असहमती जनाउँदै बहुसंख्यक स्थायी कमिटी सदस्यले ओलीको राजीनामा मागेपछि बैठक भाँडिएको थियो ।

विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास भएको थियो । उक्त कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनले ओलीलाई महाधिवेशनसम्म दुबै पदमा र दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी दिन सुझाव दिएपछि तत्काललाई विवाद हल हुने ठानिएको छ ।

कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठकमासमेत बसिसकेको छ। १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरिसकेको छ।

अब स्थायी कमिटी बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल ‍हुनेछ । त्यसअघि ओली र दाहालबीच ठोस सहमति जुटाउने तयारी छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ११ : २९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील