‘कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ’ भनेर भ्रम फैलाउने चिकित्सक पक्राउ « Khabarhub

‘कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ’ भनेर भ्रम फैलाउने चिकित्सक पक्राउ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार लिम्बूले अफवाह फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो ।

लिम्बूले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।

प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ११ : ४१ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब