चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । यस्तै ३६२ जनाको भने कोरोना नेगेटिभ देखिएको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३३ जना चितवनका छन् । यस्तै नवलपुरका ३ जना, रौतहटका २ जना,  धनुषा, अर्घाखाँची,  झापा,  पर्सा, कपिलवस्तु र सुनसरीका एकएक जना रहेको अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये चितवनका संक्रमितहरू भरपुर अस्पतालको स्वाब संकलन केन्द्र र  पूरानो मेडिकल कलेज तथा क्वारेन्टिन स्थलमा संकलन गरिएको स्वाबमा पोजेटिभ आएको हो ।

अन्य जिल्लाका संक्रमितहरु बीपी कोइराला मेमोलियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका ११ जना, रत्ननगरका ६ र खैरेनीका २ जना गरी चितवनका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हेटौँडाका ६ जना, वकैया, मनहरीका एक/एक जना गरी मकवानपुरका ८ जना, शुक्लागण्डकी र भानुका एक/एक जना गरी तनहुँका २ जना तथा नवलपुर देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १ : ०१ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि