दशगजामा भारतीयको कुटपिटबाट घाइते एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

दशगजामा भारतीयको कुटपिटबाट घाइते एक नेपालीको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज— भारतीयहरूको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपालीको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक भारतीका अनुसार नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैँसीलाई खुवाएको विषयमा विवाद हुँदा रामदेवमाथि कुटपिट भएको थियो । घटना यही भदौ ६ गतेको हो ।

गम्भीर घाइते रामदेवको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो ।

दशगाजा क्षेत्र नजिक नेपालीको खेतमा लगाएको धानबालीमा भारत, बिहारको मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम करयौत निवासी भैँसी चरवाहरूले आफ्ना भैँसी छाडेका थिए । आफ्नो धानबालीमा भैँसी चरेको देखेर रामदेव र उनका छोरा ३० वर्षीय ललनकुमारले भैँसी धपाउने प्रयास गरेका थिए ।

यस क्रममा भनाभन र विवाद हुँदा भैँसी चरवा भारतीयहरूले बाबुछोरालाई कुटपिट गरेका थिए । इलाका प्रहरी चौकी पातोका प्रहरी नायब निरीक्षक (सई) नवीनकुमार झाका अनुसार बाबुछोरामाथि लाठी र बाँसको भाटाले कुटपिट भएको थियो । कुटपिटबाट रामदेवको करङ भाँचिएको तथा पेट र टाउकोमा गम्भीर चोट लागेको थियो ।

रादेवलाई तत्काल राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएकोमा थप उपचारको लागि विराटनगर रेफर भएको थियो । रामेदवका छमेकी अनिलकुमार यादवका अनुसार विराटनगरमा कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि धरान लगिएको थियो । सामान्य घायते भएका छोरा ललनकुमार स्थानीय अस्पतालमा उपचारपछि फर्केका थिए ।

कुटपिटको आरोपमा एक भारतीय नागरिक नेपाल प्रहरीको नियन्त्रणमा छन् । भारत, बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी १९ वर्षीय प्रदीपकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी भारतीले जानकारी दिए ।

घटना ढाकछोप गर्न स्थानीय केही नेताहरूले गोप्य बैठकहरू गरेको र पैसा दिएर मिलाउन खोजेको पीडित पक्षको आरोप छ । घटनाबारे बुझ्न डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख इन्दुदेवी यादवलाई फोन गर्दा उनका श्रीमान् ओमप्रकाश यादवले फोन उठाए । उक्त घटनाबारे जिज्ञासा राख्दा उनले आफूलाई जानकारी रहेको र घटनापछि आफू पनि पुगेको बताए ।

ओमप्रकाशले दिएको जानकारी अनुसार भारतीयहरूले रामदेवलाई कुटपिट गरेर भारततिर लगेका थिए । यता नेपालीहरूले कुटपिटमा संलग्न एक जनालाई समातेर प्रहरीमा बुझाएका थिए भने अर्का एक भारतीयलाई आफ्नै घेरामा राखेका थिए ।

घटनापछि दुई पक्षबीच वार्ता हुँदा भारतीयले घाइते रामदेवलाई मुक्त गर्ने र उपचार खर्च बेहोर्ने तथा नेपालीले घेरामा राखेका एक जनालाई भारतीयहरूको जिम्मा लगाउने सहमति भयो ।

ओमप्रकाशका अनुसार भारतीयहरूले उपचार खर्चवापत ८० हजार रुपैयाँ रामदेवका परिवारजनलाई बुझाए । उक्त रकम छिन्नमस्ता अस्पतालमा खर्च भयो । विपन्न परिवारका रामदेवलाई गाउँलेहरूले चन्दा संकलन गरेर विराटनगर हुँदै धरान पु¥याए तर उपचार सफल हुन सकेन ।

मृतक रामदेवको सोमबार दाहसंस्कार भएको छ । ओम प्रकाशका अनुसार घटनाबारे भारतीयहरूसँग छललफल गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ४ : ०८ बजे

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ – मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा

कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

काठमाडौं – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा

युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ?

इजरायल – हमासले युद्ध विरामका लागि अमेरिकी प्रस्तावमा प्रतिक्रिया दिएको

पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार

नयाँदिल्ली – भारतीय सेनाले पाकिस्तानसँगको तनावका क्रममा आफ्नो फाइटर जेट