पक्राउ परेका सम्पदा संरक्षक अगुवाईको रिहाइको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन « Khabarhub

पक्राउ परेका सम्पदा संरक्षक अगुवाईको रिहाइको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन



काठमाडौं – मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार पक्राउ परेका अगुवा अशोक महर्जनको रिहाईको माग गर्दै स्थानीयले मौन प्रदर्शन गरेका छन् । स्थानीयले आज (सोमवार) मंगलबजार र पाटनमा मौन प्रदर्शन गर्दै हिरासतमा रहेका महर्जनको रिहाईको माग गरेका हुन् ।

बिहीवार निषेधाज्ञाका बीच ललितपुरको पुल्चोकमा जबरजस्ती रथ तान्न जम्मा भएका युवा र प्रहरीबीच झडप परेको थियो । झडपपछि प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।

प्रदर्शनकारीले ट्राफिक प्रहरीलाईसमेत कुटपिट गरेपछि प्रहरीले प्रदर्शनमा उत्रेकालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये तीन जनालाई प्रहरीले आइतबार रिहा गरेको थियो । बाँकी १७ जनालाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको अनुसन्धान अगाडि बढाएको छ ।

स्थानीयले हिरासतमा रहेकालाई तत्काल रिहाईको माग गर्दै मौन प्रदर्शन गरेका हुन्  । हेर्नुस् तस्वीर:

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ४४ बजे

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक