सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा कोरोना संक्रमण « Khabarhub

सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा कोरोना संक्रमण


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका सैनिकहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा कार्यरत रहेको जनाइएको छ ।

शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण देखिएपछि त्यहाँ रहेका २४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढीस्थित प्रयोशालामा पठाइएको थियो ।

यसअघि डोटीमा कार्यरत २१ ज्ना सैनिकमा पनि एकैदिन कोरोना संक्रमण देखिएको भएको थियो ।

उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा नेपाली सेनाका सबै गुल्ममा विशेष सावधानी अपनाउन निर्देशन दिइसकेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ३१ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई