कतारबाट विहीबार नेपाल एयरलाइन्सले उडान भर्दै, प्राथमिकतामा ५८७ यात्रु « Khabarhub

कतारबाट विहीबार नेपाल एयरलाइन्सले उडान भर्दै, प्राथमिकतामा ५८७ यात्रु



दोहा – कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्कन चाहने नेपालीहरुका लागि आगामी सेप्टेम्बर १० तारिख (विहीबार) नेपालय एयरलाइन्सले उडान भर्ने भएको छ ।

नेपाल फर्किनका लागि दूतावासमा नाम दर्ता गराएका तथा प्राथमिकतामा परेका ५८७ यात्रुहरुको नामावली पनि दूतावासले सार्वजनिक गरिसकेको छ ।

स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नुपर्ने र पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने मापदण्ड तय गरिएको छ ।

होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ।

पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राइभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी, हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ८ र २३ तारिखमा उडान तय भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ३३ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका