स्वास्थ्य मापदण्ड पालनामा अटेरी गर्दै गुणस्तरहिन सामान विक्री | Khabarhub Khabarhub

स्वास्थ्य मापदण्ड पालनामा अटेरी गर्दै गुणस्तरहिन सामान विक्री


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिकाभित्रका व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ ।

कोरोना जोखिम बढ्दै जाँदा पनि व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको व्यास नगरपालिकाले जनाएको छ ।

व्यवसायीले पसलमा मूल्यसूची नराखेको, बिनादर्ता पसल सञ्चालन गरेको, फुटपाथमा सामान राखी पैदलयात्रुको आवागमनमा अवरोध पुर्‍याएको व्यास नगरपालिकाले जनाएको छ ।

त्यस्तै बिक्री गर्ने सामानमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मूल्यभन्दा ३०० प्रतिशत बढीसम्म नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक सामान बिक्री गरेको नगरपालिकाले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले सबै मापदण्ड अनिवार्यरूपमा पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन व्यवसायीलाई सचेत गराएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : ५५ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न