सरकारकी कर्मचारीको लापरबाहीले पीडित किसानलाई सास्ती « Khabarhub

सरकारकी कर्मचारीको लापरबाहीले पीडित किसानलाई सास्ती


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी कर्मचारीको लापरिबाहि नेपालमा मात्र होइन, भारतमा समेत हुने गरेको छ ।

भारतका एक किसान सरकारी कर्मचारीको लापरबाहिका कारण रातारात सरकारी कर्मचारी बनाइए । यतिमात्र होइन उनी सरकारी कर्मचारी भएकाले गरीब निमुखा किसानले राहतमा पाउन रासनकार्डवाला अन्न समेत उनले किन्न पाएनन् ।

खासमा भारतको बाड़मेर जिल्लाको रसद विभागका कर्मचारीको लापरवाहीका कारण एक किसान रातारात सरकारी कर्मचारी बने । बाडंमेरको पान्डा निवासी किसान मोहनलाललाई सरकारी कर्मचारी बनाएर राशन सामग्री उठाउन प्रतिबन्ध लगाउदै नोटिस जारी गरियो । नोटिस पाएसंगै मोहनलाल चिन्तित बने ।

रसद विभागबाट ६७ वर्षीय मोहनलालका नाममा एक नोटिस आयो जहाँ उनी सरकारी कर्मचारी भएकाले सुलभ दरको राशन नलिन आदेश गरिएको थियो । नोटिस पाएपछि मोहनलालले पाउदै आएको सुविधामा प्रतिबन्ध लाग्यो ।

सरकारी कर्मचारीले रासनको सुविधा लिन नपाउने नियम छ भारतमा । त्यसैले उनलाई सरकारी कर्मचारी भएको भन्दै उक्त सुविधा नलिन चेतावनी पत्र आयो । तर पेशामा किशान रहेका मोहनलाल नोटिस पाएसंगै चिन्तामा परेको खबर बाहिरियो ।

जब यो खबर सर्वत्र चर्चामा आउन थाल्यो तब रसद विभागले आफूहरुबाट गम्भिर त्रुटी भएको भन्दै मोहनलालले पाउने सुविधा यथावत राखि उनलाई पठाएको नोटिस फिर्ता लिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ११ : १८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा