डा.केसीको माग छिटो सम्बोधन गरियोस् : कांग्रेस नेता कोइराला « Khabarhub

डा.केसीको माग छिटो सम्बोधन गरियोस् : कांग्रेस नेता कोइराला


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस नेता डा.शेखर कोइरालाले २४ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै १९औँ पटक अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजिक बन्दै जाँदा कांग्रेस नेता कोइरालाले केसीका मागप्रति राज्य निक निर्मर र कठोर बनेको भन्दै प्रश्न समेत गरेका छन् ।

बुधबार ट्वीट गर्दै कोइरालाले भनेका छन्,’गोविन्द केसीको मागप्रति राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।’

भदौ २९ मा जुम्लबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नु पर्ने लगायतका विभिन्न ६ बुँदे मागसहित अनसन बसेका उनको स्वास्थ्य जटिल बन्दै गएपछि सरकारविरूद्ध प्रदर्शनसमेत हुन थालेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ३७ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको