अब ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गरिने « Khabarhub

अब ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गरिने


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना परीक्षण ‘एन्टिजेन’ कीटमार्फत गर्ने भएको छ।

नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ‘एन्टिजेन’ कीट शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन कीट कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्न राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

‘पीसीआर जस्तो लामो लाग्दैन। जनमानसमा संक्रमित पहिचान गर्नको लागि भरपर्दो उपाय हुनसक्छ,’ प्रवक्ता डा गौतमले भने ।

अस्पतालमा कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा यस विधिबाट परीक्षण गर्न सकिने उनले बताए। पोजेटिभ आएमा पोजेटिभ विचार र नेगेटिभ आएमा नेगेटिभ विचार गरिने उनले जनाए।

लक्षण देखिएन भने पीसीआर परीक्षण नगर्ने उनले सुनाए। लक्षण भएमा आइसोलेसनमा राखिने उनले जनाए। धेरै भिडभाड हुने ठाउँ तथा सुरक्षाकर्मीको ब्यारेकमा ‘एन्टिजेन’ कीटबाट परीक्षण गर्न सकिने डा. गौतमले बताए।

सरकारले अहिलेसम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १२ : ४९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु