सबै तह र विषयका परीक्षा सञ्चलन गर्न दिने सरकारको निर्णय « Khabarhub

सबै तह र विषयका परीक्षा सञ्चलन गर्न दिने सरकारको निर्णय


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सबै तह र विषयका परीक्षा सञ्चालन गर्न शिक्षण संस्थाहरूलाई अनुमति दिएको छ।

सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्णरूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए।

लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह र विषयका परीक्षा सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उनले बताए।

यस्तै व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ। तालिममा २५ जनाभन्दा बढी सहभागि नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ। त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने पनि सरकारले भनेको छ ।

सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका अध्यक्ष र एक महिलासहित दुईजना सदस्य पदमा नियुक्तिको सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरेको छ ।

उक्त सिफारिस समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

साथै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । उक्त प्रक्रिया बैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थगन गरेको थियो ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए ।

एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । कर्मचारी भर्नाका र विभिन्न विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएका थिए । मन्त्रिपरिषद्को यो निर्णयले अब ती परीक्षा सञ्चा‍लन हुने भएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  २ : ०५ बजे

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले