वन्यजन्तुको चोरी शिकारी रोक्न ड्रोनबाट गस्ती « Khabarhub

वन्यजन्तुको चोरी शिकारी रोक्न ड्रोनबाट गस्ती


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ ।

हिँउदको समयमा हुने चोरी शिकारी रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करहरुको निगरानि राख्ने भएको हो ।

नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ ।

बैठकबाट हिँउदको समयमा अत्यधिक चिसो हुने हुँदा पोष्टहरु गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्ने, निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गुल्ममा थप सुरक्षाबल माग गर्ने, यार्सागुम्बा सङ्कलन निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने, वन्यजन्तु अपराध नियन्त्र एकाइको संयन्त्रलाई सङ्घीयतानुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखी पठाउनेलगायत महत्वपूर्ण निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

हिँउदको समयमा स्थानीयवासीसमेत करिब छ महिनाका लागि पशु चौपायासहित चिसो छल्न बेँसी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा आधुनिक प्रविधिबाट गस्ती शुरु गरिने उनको भनाइ छ ।

नेपालमै पहिलो पटक तीन हजार ६०० मिटर उचाइमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठक बसेको पौडेलको दाबी छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा आयोजित बैठकमा कर्णाली प्रदेशका वन सचिव कृष्णप्रसाद आचार्यसहित जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

निकुञ्ज क्षेत्रमा चोरी निकासी बढेकाले निरन्तर रुपमा संरक्षण भइराख्न जरुरी रहेको वन सचिव कृष्णप्रसाद आचार्यले बताए । ठूलो भूगोल, कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक रहेको उनको भनाइ छ ।

गत आवमा निकुञ्ज क्षेत्रमा अनुमति नलिएर विकास योजना सञ्चालन भए पनि आव ०७७/७८ मा प्रदेशबाट आउने सम्पूर्ण विकास योजना राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिएर मात्रै सञ्चालन गर्न दिइने उनले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया