डा. केसीको जीवन रक्षाको माग राख्दै चिकित्सक संघद्वारा आन्दोलन घोषणा « Khabarhub

डा. केसीको जीवन रक्षाको माग राख्दै चिकित्सक संघद्वारा आन्दोलन घोषणा


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने कार्यक्रम रहेको संघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी पर्सि २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

छ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ, तर सरकारले वार्ता गरेको छैन ।

अनसन बसेको २३औं दिन शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको थियो । यसैगरी मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अनसन अन्त्य गर्न आग्रह गरेको थियो ।

संघद्वारा जारी बिज्ञप्ति यस्तो छ-

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : ०४ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले