कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो « Khabarhub

कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा संक्रमित हुनेको संख्या चार हजार नाघेको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार संक्रमितहरुको संख्या आज ६९ थपिएका छन् ।

आज ६९ व्यक्तिमा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको सङ्ख्या चार हजार ३७ पुगेको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौजहारी पिसीआर प्रयोगशालामा गरिएको आरटी पिसीआर परीक्षणमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताए ।

“आज ४४ व्यक्ति कोरोना निको भएर घर फिर्ता भएका छन्,” उनले भने, “४४ व्यक्ति फिर्ता भएसँगै तीन हजार २२९ व्यक्ति भने संक्रमणमुक्त भएका छन् ।”

संक्रमितहरुमा कन्ट्याक्ट ट्रेसिङ परेका २८, विद्यार्थी नौ, सैनिक सात, कर्मचारी, सुनचाँदी पसले, बिरामी दुई—दुई, वैदेशिक रोजगार, व्यापारी, स्वास्थ्यकर्मी, पत्रकार, निर्माण व्यवसायी, सहकारी र प्राध्यापक एक—एक जना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेशका विभिन्न आइसोलेशनमा ७८२ जना संक्रमित रहेको उनले जनाए । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया