ललितपुर महानगर प्रमुख महर्जन कोरोनामुक्त, वडाध्यक्ष संक्रमित « Khabarhub

ललितपुर महानगर प्रमुख महर्जन कोरोनामुक्त, वडाध्यक्ष संक्रमित


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

असोज ८ गते सङ्क्रमण पुष्‍टि भएर ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए । प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यका अनुसार आज दिउँसो ४ बजे महर्जनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

ज्वरो आउने र खोकी लाग्‍ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

सङ्क्रमणमुक्त भएसँगै अब उनी छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुने वज्राचार्यले जनाएका छन् ।

मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए ।

केही वडाध्यक्ष सङ्क्रमित भएसँगै कार्यालय बन्द

महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ज्वरो आउने र थकाइ लाग्‍ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा आज कोरोना पोजेटिभको नतिजा आएको ८ नं का वडाध्यक्षले बताए । उनले भने, ‘मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएर हामी दुवै होम आइसोलेसनमा बसेका छौं ।’

रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको १२ का वडाध्यक्षले बताए ।

‘मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उहाँसँगै एक बैठक बसेका थियौँ । उहाँमा कोरोना पोजेटिभ देखियो भनेर आफ्नो पनि परीक्षण गराउँदा नतिजा पोजेटिभ नै आयो’, उनले भने ।

ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको नं १९ का वडाध्यक्षको भनाइ छ ।

त्यसैकारण असोज २० देखि २७ गतेसम्मका लागि ८ नं वडा कार्यालय र १९ गतेदेखि एक हप्ताका लागि १९ नं वडाकार्यालय पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ५२ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट