कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया « Khabarhub

कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायसंग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो ।

कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्न पाउने नयाँ कानूनबारे नेपाली समुदायसँग अन्तरक्रिया गरिएको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

अन्तरक्रियामा कतार सरकारको सम्बन्धित मन्त्रालयका रोजगार खण्डको स्थानान्तरण प्रमुख यूसुफ अली अब्दुलनूर, कतारस्थित नेपाली दूतावासका श्रम परामर्शदाता श्रीकृष्ण प्रसाद खनाल, जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ र श्रम संगठन श्रम सम्बन्ध विभागका निरीक्षण शाखा प्रमुख मोहम्मद सईद अल मारारीको उपस्थिति रहेको थियो ।

यस्तै एनआरएनए आईसीसी सचिव आरके शर्मा, एनआरएनए मध्यपूर्ब संयोजक प्रविण गुरूङ, एनआरएनए आईसीसी सल्लाहकार टीबी कार्की, एनआरएनए मध्यपूर्ब युवा संयोजक राज रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

नयाँ श्रम कानुनबारे जिज्ञासा भए एनआरएनए एनसीसी कतारको आधिकारिक इमेलमा पठाउन सकिने र त्यसबारे जानकारी दिइने बताइएको छ ।

कतारको नयाँ नियम अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार रियाल हुनेछ । उनीहरूलाई खानाका लागि ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार