कैलाश गाउँपालिकाले तीन वर्षमा बनायो ३१ वटा कानून « Khabarhub

कैलाश गाउँपालिकाले तीन वर्षमा बनायो ३१ वटा कानून


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले उक्त पालिकाको सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानून बनाएको छ ।

तीन वर्षमा निर्माण गरिएको ३१ वटा कानून कार्यावन्यनमा आएको सो गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानका अनुसार प्रशासकीय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाएको छ ।

त्यस्तै कर तथा गैह्रकर राजश्व लगाउने र उठाउने सम्बन्धमा बनेको ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन गर्न बनेको ऐन निर्माण गरेर कार्यान्वयमा ल्याइएको छ ।

स्वास्थ्य सेवा, न्यायिक समिति कार्यविधि पूर्वाधार विकाससम्बन्धी, कैलाश गाउँपालिका सेवा, पूर्वाधार व्यवस्थापन, सहकारी, कृषि यान्त्रिकरण कार्यविधि, उपभोक्ता समिति सञ्चालन निर्देशिका, गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, ज्येष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यवस्थापन कार्यविधि ऐन कार्यावन्वयनमा ल्याइएको अध्यक्ष मोक्तनले बताए ।

विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानूनको परिधिमा रहेर छिटो छरितो रुपमा भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : ५२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा