बहुमत सचिवालय सदस्यहरुले ओलीलाई बुझाए २ पृष्ठ लामो पत्र | Khabarhub Khabarhub

बहुमत सचिवालय सदस्यहरुले ओलीलाई बुझाए २ पृष्ठ लामो पत्र

तत्काल बैठक बोलाउन माग


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका छन् ।

दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रचण्ड नेतृत्वको टोलीले दुई पृष्ठ लामो पत्र बुझाएर बैठकको माग गरेको छ ।

प्रधानमन्त्री ओलीले सल्लाह गरेर बैठक बोलाउने बताएको पनि थापाले जानकारी दिए । ओलीको भनाई उदृत गर्दै थापाले भने, ‘प्रधानमन्त्री ज्यूले सल्लाह गरेर बैठक बोलाउने भन्नु भएको छ । पार्टीका सबै कमिटीहरुको बैठक बस्नुपर्छ । बैठककै लागि कमिटी बनाइएको हो । कुन बेला बस्ने भन्ने सल्लाह गरेर बैठक बोलाउने छु ।’

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्डसहित शीर्ष नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए ।

केन्द्रीय सचिवालय बैठक बोलाउन आग्रह गर्दै शीर्ष नेताहरू बालुवाटारमा भेला भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बालुवाटार पुग्नअघि आज पनि प्रचण्डसहितका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए ।
यसअघि हिजो धुम्बाराहीमा अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै माधव नेपाल र दाहाल पक्ष ओलीसँग असन्तुष्ट छ । पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ३१ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी