अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ : प्रधानमन्‍त्री ओली | Khabarhub Khabarhub

अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ : प्रधानमन्‍त्री ओली


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने बताएका छन्। शनिबार एपीवान टेलिभिजनमा विशेष कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पार्टी र सरकारमा नेतृत्वको विवाद भइराखेका बेला यो अभिव्यक्ति दिएका हुन्।

उनले पूर्वप्रधानमन्त्री भइसकेका र पार्टी अध्यक्ष बनिसकेका नेताले फेरि नेतृत्वका लागि लाडाईं गरेको भन्दै यस्तो बताएका हुन्।

ओलीले नयाँ पुस्ता भनेर ६० वर्ष आसपासका नेतालाई ७० वर्ष आसपासका नेताले नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए।

‘३२–३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको फेरि पनि धित नमरेको देख्दा, रहर फर्किफर्की पलाएको देख्दा, प्रधानमन्त्री भइसकेका साथीहरुलाई फेरिफेरि आफैंलाई चाहिएको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम हामी नयाँ पुस्तालाई जिम्मेवारी दिनसक्छौँ। नयाँ भनेको किशोर होइन। नयाँ पुस्ता भनेको ६० वर्ष हाराहारीको छ। हामी किन तिनलाई नेतृत्व दिन तयार हुँदैनौँ ?’

प्रधानमन्त्री ओलीले सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व जिम्मा लगाउनुपर्ने बताएका छन्। उनले अहिले नेतृत्वका लागि लाडाईं आवश्यक नै नभएकोमा जोड दिए।

‘हामी किन आफैंलाई मात्रै, मैलाई मात्रै चाहियो ? मेरै मान पुगेन, मेरै भाउ पुगेन, मेरै भाग पुगेन भनेर किन लडाईं गर्छौँ ? एउटा सहमति गरौँ। नयाँ पुस्तालाई जिम्मा लगाऔँ’, ओलीले भने, ‘हामी ७० आसपासका छौँ। महाधिवेशन सम्ममा सबै ७० पुग्छौँ। हामीले नै सधै ओगटिरहनु पर्ने किन ?’

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : २४ बजे

भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार 

चितवन– चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका

भक्तजनका लागि पशुपतिनाथका चारवटै ढोका खुला, निःशुल्क बसको व्यवस्था

काठमाडौं– साउनको पहिलो सोमबार भक्तजनका लागि बिहान तीन बजेदेखि नै

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

जापानमा दक्षिणपन्थी दलको प्रभाव बढ्दो

काठमाडौं – जापानमा अति दक्षिणपन्थीको प्रभाव बढेको छ। जापानको माथिल्लो

साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्ने, विजेताको टुङ्गो लाग्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार)