यस्ता छन् उखुको जुसका फाइदा | Khabarhub Khabarhub

यस्ता छन् उखुको जुसका फाइदा


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उखु यस्तो बाली हो जसबाट चीनी र गुडरभेली मात्र बनाइँदैन, यसको रस अथवा जुस पनि निकै सेवन हुने गर्दछ ।

उखुको जुस स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक हुन्छ । उखुको जुसमा अत्याधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । जसले हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ । यसले संक्रमणबाट बच्न र बचाउन पनि उत्तिकै सहयोग पुर्याउँछ ।

उखुको जुसमा आइरन, म्याग्नेसियम, क्याल्सियम, भिटामिन, कोबाल्ट, जिङ्क र अनेक किसिमका इलेक्ट्रोलाइट्स पनि पाइन्छन जुन तत्वहरू शरीरको हाइड्रेसनका लागि अति आवश्यक हुन्छन् ।

यसले शरीरमा प्रोटिन स्तर बढाउने काम गरिरहेको हुन्छ । त्यसका साथै ज्वरो र संक्रमण आदिविरुद्ध लड्नमा पनि हामीलाई सहयोग पुर्‍याउँछ ।

उखुको रस विभिन्न किसिमका अन्य रोगहरूमा पनि निकै लाभदायक हुन्छ । ती लाभबारे हामी यहाँ जानकारी दिदैछौँ ।

उखुको जुस डाइयुटेरिक अर्थात् मूत्रवर्द्धक हुन्छ । यसले शरीरमा मूत्रसम्बन्धी क्षेत्रहरूमा संक्रमण हुनबाट जोगाउँदछ । यसबाहेक मृगौलामा पत्थरी हुनबाट पनि यसले बचाउँदछ । मृगौला (किडनी) ले राम्रोसँग काम गरिरहेको भए पनि उखुको जुस निकै सहयोगी हुन्छ ।

उखुको जुस महत्वपूर्ण आयुर्वेदिक औषधि पनि हो । यसले हाम्रो कलेजोलाई पनि शक्ति प्रदान गर्दछ ।

पहेँले रोगको उन्मूलनमा उखुको जुस सेवन वरदान सरह नै हुन्छ । पहेँले रोगमा कलेजोले सही ढंगबाट काम गर्न नसक्दा शरीरका द्रवहरू बिलरुबिनको अधिकता हुन पुग्दछ । यस कारणले गर्दा हाम्रो शरीरको त्वचा (छाला) पहेँलो हुँदै जान्छ ।

यस्तोमा उखुको जुसले शरीरमा प्रोटिन र अन्य पोषक तत्वको कमी पुर्ताल गर्दछ जसले गर्दा पहेँले रोगबाट छुटकारा पाउन धेरै सहयोग मिल्दछ ।

उखुको जुसमा पाइने अल्कालाइन तत्वले गर्दा यसको नियमित सेवनले प्रोस्टेट र ब्रेस्ट क्यान्सर रोगहरूविरुद्ध जुझ्न पनि यो उत्तिकै प्रभावशारी हुन्छ । यस जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन पनि राम्रो सहयोग मिल्दछ ।

उखुको जुसमा ग्लाइकेमिक इन्डेक्स निकै कम हुन्छ । त्यसकारण यो डायबिटिज रोगीहरूका लागि पनि प्रभावशाली औषधि हो ।

यसमा उल्लेख्य मात्रामा खनिज तत्व पाइन्छ जसले गर्दा यो दाँतसम्बन्धी सबै समस्याका लागि एउटा कारगर उपाय हो ।

यदि तपाईंको साँस गन्हाउँछ भने तपाईंले उखुको जुस सेवन गर्नुपर्छ । यसो गरेमा चाँडै नै साँस गन्हाउने समस्याबाट राहत मिल्दछ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ३० बजे

मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्रला कर्ण सिफारिस

काठमाडौं– नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको हिउँदे (सातौँ) अधिवेशन मङ्सिर ८ गते बस्ने

निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दललाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन सरकार

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त

काठमाडौं- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको

‘जेन-जी’ आन्दोलन : गण्डकीमा पाँच अर्बको क्षति

गण्डकी– गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका