दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु « Khabarhub

दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।

ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ५६ बजे

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

सिंहदरबारस्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू)

कठमाडौँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का