नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय « Khabarhub

नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् ।

नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् ।

कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् ।

जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएका छन् ।

बालबालिकाको पढाइ लामो समय अवरोध भएको भन्दै स्थानीय तहले विद्यालय खोल्न शिक्षा समितिलाई आग्रह गरेपछि जिल्लाका नौ स्थानीय तहले औपचारिकरूपमा विद्यालय सञ्चालनमा ल्याएका हुन् ।

तिलागुफा नगरपालिकामा गत साउन १५ दिनसम्म विद्यालय खोलेको र बीचमा नगरपालिकाभित्रै ठूलो मात्रामा कोरोना सङ्क्रमित देखिएका कारणले केही समय विद्यालय बन्द गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताए ।

‘गाउँमा सामान्य ज्वरो आयो भने स्वास्थ्यकर्मी पठाउने, उपचार गर्ने र त्यो गाउँका बालबालिकालाई विद्यालयमा आउन केही दिन रोक्ने काम गरिन्छ तर विद्यालय बन्द गरिने छैन’, उनले भने, ‘विद्यार्थीको भविष्यप्रति स्थानीय सरकार सचेत छ ।’

रास्कोट नगरपालिकाले पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलेको नगर शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले बताए ।

‘विद्यार्थीको पढाइ प्रभावित भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनेछ’, उनले भने, ‘नगरभरिका सबै विद्यालय खोल्न निर्देशन गरिएको छ ।’

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ५१ बजे

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

सिंहदरबारस्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू)

कठमाडौँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का