रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ « Khabarhub

रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट पक्राउ गरिएको छ । आलमलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो ।

५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। रौतहट साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन्।

प्रदेश २ प्रहरीले मोहताबलाई नेपाल-भारत सीमाना बौदीमाई नगरपालिका-७ बड्की बंकुल क्षेत्रबाबाट पक्राउ गरिएको बताएको छ।

प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाईंका अनुसार ५५ वर्षीय मोहताबलाई बौदीमाई नगरपालिका-८ बाट सोमबार बिहान पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना दाइ अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

No description available.

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : २८ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक