हाम्रो फोक्सोलाई सफा गर्न खानुपर्ने ८ चीज | Khabarhub Khabarhub

हाम्रो फोक्सोलाई सफा गर्न खानुपर्ने ८ चीज


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हावामा बढेको प्रदुषणका कारण फोक्सोमा समस्या देखिनु सामान्य जस्तै छ । फोक्सोमा इन्फेक्सन भएमा विभिन्न प्रकारका समस्या हुन सक्छन् । त्यसैले फोक्सो सफा गर्नका लागि विभिन्न ८ उपाय गर्न सकिन्छ ।

प्राणायाम
नियमित रुपमा प्राणायाम गर्दा फोक्सोमा हावा छिर्छ । यसले छातीमा जमेको बलगम हटाउँछ । नाकमा एक दुई थोपा शीशमको तेल हाल्ने र प्राणायाम गर्ने गर्दा यसले निकै फाइदा पुर्याउँछ ।

बाफ लिनुस्
फोक्सोलाई सफा राख्न बाफ लिने गर्नुपर्छ । उमालेको पानीबाट आउने बाफले बन्द भएका हावा छिर्ने प्वालहरु खोल्छ र फोक्सोमा हुने बलगम निकाल्छ । साथै, जाडो मौसममा बाफ लिँदा सास फेर्न समस्या हुने भएमा समेत राहत मिल्छ ।

अदुवा हालेको चिया
अदुवा हालेको चियामा हुने एन्टिइनफ्लेमटरी तत्व हुने भएकाले यसले स्वासप्रश्वास नलीमा विशाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । साथै, यसमा पोटाशियम, म्याग्नेशियम, जिङ्क र बीटा क्यारोटीन जस्ता औषधिय गुणहरु पनि पाइन्छ । एक अध्ययनका अनुसार शरीरमा क्यान्सर सेललाई पनि हटाउँछ । त्यसैले फोक्सो सफा गर्न नियमित रुपमा अदुवा हालेको चिया पिउने गर्नुस् ।

दालचिनीको चिया
फोक्सोसँग सम्बन्धित विभिन्न समस्याहरुबाट हटाउन दालचिनी निकै उपयोगी हुन्छ । दालचिनीको प्रयोग पाचन प्रक्रिया र स्वास नलीलाई स्वस्थ राख्न प्रयोग गरिन्छ । एक गिलास पानीमा थोरै दालचिनी हालेर पानी आधा हुँदासम्म उमाल्ने र त्यसलाई पिउने गर्दा फोक्सो सफा हुन्छ ।

ओखर
अमेरिकाको कलेज अफ न्यूट्रिशनमा प्रकाशित एक लेखका अनुसार ओखरमा हुने एसिड ओमेगा–३ ले फोक्सोलाई निकै फाइदा पुर्याउँछ । हरेक दिन ओखर खाँदा दमको समस्यामा सास फेर्न समस्या हुँदा ओखरले फाइदा पुर्याउँछ ।

माछा
जुन माछामा धेरै बोसो हुन्छ । यसको सेवनले फोक्सोलाई सफा गर्छ । माछामा पर्याप्त मात्रा एसिड ओमेगा–३ फ्याट एसिड हुने भएकाले साल्मन माछा खाने गर्नुपर्छ ।

गेडागुडी
अमेरिकाको क्यान्सर सोसाइटीका अनुसार गेडागुडीको सेवनले फोक्सोलाई स्वस्थ राख्छ ।

फलफूल
स्वस्थ फोक्सोको लागि हरेक दिन स्याउ खाने गर्नुपर्छ । यसमा हुने भिटामिनले फोक्सोलाई स्वस्थ राख्छ । फोक्सोलाई स्वस्थ राख्न भिटामिन ई, भिटामिन सी, बीटा क्यारोटीन र अमिलो फलफूल खाने गर्नुपर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ४६ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन