मनाङ जान ७२ घण्टे पीसीआर रिपोर्ट चाहिने | Khabarhub Khabarhub

मनाङ जान ७२ घण्टे पीसीआर रिपोर्ट चाहिने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङ घुम्न जानेले ७२ घण्टे पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।

सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट स्वदेशी तथा विदेशी दुवैखाले पर्यटकका लागि अनिवार्य गरिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।

लमजुङ सीमा तालदेखि तिलिचो तालको सिधा बाटो मात्रै खुला गरिएको हो । अन्य ठाउँमा घुमफिरका लागि प्रतिबन्ध अझै कायम छ । मनाङबाट याकखर्क, थोराङ्ला हुँदै मुक्तिनाथ जाने बाटोसमेत नखुलेको उनले बताए । पीसीआर रिपोर्ट लिएर आए पनि पर्यटकले बसाइँ र खानपानको आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक उनीहरूका पथप्रदर्शकले भने व्यवस्थापन गरिदिन सक्नेछन् ।

सरकारले अनुमति दिएपछि चार विदेशी पर्यटक नार्पाभूमि गाउँपालिकाबाट हिमलुङ हिमाल चढ्न गएका थिए । उनीहरूले खानबस्न आफैं व्यवस्थापन गरेका थिए ।

मनाङमा पर्यटक आगमन हुन थालेपछि सीमा प्रहरी चौकी तालले तालडाँडमा नियमित जाँच थालेको छ । ७२ घण्टाभित्रको पीसीआर रिपोर्टबिनै आउने पर्यटकलाई फिर्ता पठाउने गरिएको मनाङका डीएसपी मेखबहादुर कुँवरले बताए ।

प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले संक्रमणबाट जोगिन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसी पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरिएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : ५९ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक