१६ दिने अभियान चल्दै : महिलामाथि थिचोमिचो कायमै « Khabarhub

१६ दिने अभियान चल्दै : महिलामाथि थिचोमिचो कायमै


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहुँजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटमा उक्त अभियान सफल बनाउन सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अभियान चलिरहँदा प्रहरीमा महिला हिंसाका आठ उजुरी आएको बताए ।

“हामी पनि जिल्लाका सरोकारवाला सङ्घसंस्थादेखि निकायसम्म लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउन सहकार्य गरिरहेका छौँ”, उनले भने, “यो बीचको अवधिमा प्रहरीमा १३७ महिला विभिन्न समस्या लिएर सेवाका लागि आएका छन् ।” कोरोना सङ्क्रमणका कारण बढ्दो बेरोजगारी, आर्थिक अभावलगायतका कारण पनि हिंसा बढ्न थालेको प्रहरीको बुझाइ छ ।

“बेरोजार भएर लामो समय घर बस्दा पनि श्रीमान्/श्रीमतीबीच तनाव भएर प्रहरीमा उजुरी आएका घटना पनि छन्”, प्रवक्ता थापाले भने, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर लैङ्गिक हिंसा बढिरहेको पनि छ ।”

त्यसैगरी दोधाराचाँदनीको अवैध बाटोबाट भारत जान लागेका यहाँको बेदकोट नगरपालिकाका चार युवतीलाई पनि प्रहरीले सीमानाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “लैङ्गिक हिंसाका तीन र घरेलु हिंसाका पाँच गरी यहाँ आइतबारसम्म आठ उजुरी परेका छन्”, थापाले भने, “जिल्ला प्रहरीले ग्रामीण बस्तीसम्म १६ दिने अभियानअन्तर्गत सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।”

‘लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्बद्धता’ भन्ने नाराका साथ यही मङ्सिर १० गतेदेखि अभियान शुरु भएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले आफूहरु अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन । पछिल्लो समय मुख्य नाकाभन्दा पनि दोधारा–चाँदनीबाट दैनिकजसो महिला तथा बालबालिका उद्धार गर्ने काम भइरहेको उनले बताइन ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  २ : ५६ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित