खेतमा पराल जलाउँदा उर्वराशक्ति नष्ट हुँदै « Khabarhub

खेतमा पराल जलाउँदा उर्वराशक्ति नष्ट हुँदै


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– केही वर्षयता पर्सा बारालगायत तराईका जिल्लामा किसानले ‘कम्बाइण्ड हार्वेष्टर मेशिन’ लगाएर धान गहुँ काटेर खेतमै चुट्ने तथा परालमा आगो लगाउने प्रवृत्तिका कारण जमीनको उर्वराशक्ति नष्ट भई उत्पादन क्षमतामा ह्रास आउन थालेको छ ।

किसानले मजदूर नपाउनु, समयको बचत हुन्छ भनेर कम्बाइण्ड हार्वेष्टर मेशिनको व्यापक प्रयोग गरेर धान गहुँ काट्ने तथा खेतमै पराल छाडी त्यसमा आगो लगाउने गरेकाले वातावरणमा प्रदूषण फैलिनु, माटोको उर्वराशक्ति नष्ट हुनु तथा माटोमा रहेको चिस्यानसमेत नष्ट भएर गएपछि अन्य बालीसमेत लगाउन समस्या हुने गरेको कृषि औजार अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ वैज्ञानिक तथा केन्द्र प्रमुख सचीनकुमार मिश्रले भने, “तराईका जिल्लामा विगत पाँच÷छ वर्षदेखि किसानले धान, गहुँलगायतका बाली काट्दा कम्पाइण्ड हार्वेष्टर मेसिन खेतमै लग्ने गरेको र खेतमै धान, गहुँ चुट्ने र खेतमै परालमा आगो लगाउने गरेकाले यसले गर्दा माटोको उर्वराशक्ति छिन्न हुनु, उर्वराशक्ति बढाउने जीवाणु नष्ट हुनु, माटोमा रहेको चिस्यानसमेत नष्ट भएर जाने भएकाले यसको प्रभाव अर्कोपटक लगाउने बालीमा पर्ने गरेको छ ।”

नेपालमा पहिलोपटक कम्बाइण्ड हार्वेष्टर मेशिनको प्रयोग पर्साको कौवावनकटैयाका किसान काशिम अन्सारीले गरेका थिए । सो मेशिनको प्रयोग गरी धान र गहुँ बाली काट्दा समय र पैसाको समेत बचत हुने भएपछि यसको देखासिकी गरी अन्य किसानले पनि यो मेशिनको प्रयोग गर्न थालेका छन् । पर्सा र बारामा यो मेशिनको सङ्ख्या ३०० को हाराहारीमा छ ।

धान गहुँको अवशेष व्यवस्थापन गर्न किसानले राउण्ड बेलर मेशिनको प्रयोग गरी परालको बण्डल, गाईबस्तुलाई खुवाउन सकिने, पेपर मिललाई बेचेर आर्थिक लाभ लिन सकिने, भुस बनाउन सकिने र यसलाई बेचेर थप आर्थिक लाभ लिन सकिन्छ । पर्सा, बारामा ६० प्रतिशत किसानले खेतमै पराल जलाउने गरेकाले सरकारले धान, गहुँको अवशेष व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरिएको छ ।

सो कार्यालयले गरेको अनुसन्धानबाट धानभन्दा गहुँ काट्ने बेलरको प्रभावकारिता बढी फाइदाजनक रहेको देखिएको छ । सो कार्यालयले कसरी धान, गहुँको अवशेषको व्यवस्थापन गर्न सकिन्छ । सोबारेमा अध्ययन गरिरहेको बताइएको छ । सो कार्यालयले मेशिनबाट धान, गहुँ, उखुलगायतका बाली रोप्ने तथा काट्ने यन्त्रसमेत प्रयोगमा ल्याई सकिएको छ ।

भारतको सर्वोच्च अदालतले किसानले पराल खेतमा नजलाउनमा रोक लगाए जस्तै नेपाल सरकारले पनि आफ्ना किसानलाई खेतमा पराल जलाउन रोक लगाउनु तथा यसको व्यवस्थापनको व्यवस्था मिलाउनुपर्ने माग पर्साका किसानको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ३ : १३ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश