२४ घण्टामा १०१४ कोरोना संक्रमित थपिए, २० को मृत्यु « Khabarhub

२४ घण्टामा १०१४ कोरोना संक्रमित थपिए, २० को मृत्यु


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ थियो ।

पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ४ : २० बजे

रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा

सुनसरी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम

सप्तरी–१ मा रास्वपकी चौधरी विजयी

राजविराज (सप्तरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको

पाँच वर्षलाई बन्द भयो मधेशवादी दोकान

काठमाडौं– नेपाली राजनीतिमा लामो समयदेखि मधेसको मुद्दाको नाममा राष्ट्रिय राजनीतिमा