२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ।  जसमा १ हजार १४ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, सुनसरीमा ११ र संखुवासभामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी प्रदेश २ को धुनषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ जनामा कोरोना भाइरसको संख्रमण पुष्टि भएको छन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा ३४४, काभ्रेमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा ६७, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी गत २४ घण्टाको अवधिमा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा ६ जनामा कोरोना  पुष्टि भएको छ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा १४, बर्दियामा ३, बाँकेमा ९, रोल्पामा २ र रुपन्देहीमा ५३ जना जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४ र सुर्खेतमा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयक अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ५९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको