यी हुन् चिसो मौसममा देखिने शारीरिक समस्या र समाधानका उपाय « Khabarhub

यी हुन् चिसो मौसममा देखिने शारीरिक समस्या र समाधानका उपाय


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले चिसो मौसम छ । अस्पतालहरुमा चिसोका कारण दम, रुघाखोकी, निमोनियाका बिरामी बढेका छन् । जाडोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा हुन्छन् ।

जाडो मौसममा आफ्नो स्वास्थ्यलाई ख्याल गरिएन भने चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ । त्यसैले जाडो मौसममा लाग्न सक्ने रोग र त्यसबाट बच्न समयमै सचेत हुनुपर्छ ।

 

चिसोका कारण हुने स्वास्थ्य समस्या यस्ता छन् 

जाडो मौसममा रुघा लाग्ने
छाती दुख्ने
बालबालिकामा निमोनिया हुने
रक्तचाप बढ्ने
मुटुको चालमा गडबडी हुने
हार्टअट्याक
दम बढ्ने
हातखुट्टा फुस्रो हुन्छ

चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

तातो, पोसिलो तथा झोलिलो खाना खाने ।
न्यानो कपडा लगाउने ।
टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ ।
तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने ।
चिसो लागिहालेमा दुधमा मरिच र बेसार हालेर खाने ।
चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने ।
नियमित तातो पानी खाने ।

जाडो मौसममा चिसोबाट बच्न मानिसहरु आगो तथा हिटर ताप्ने गर्छन् । आगो ताप्दा प्लास्टिकको झोलाहरु पनि बालेर आगो ताप्ने गरिन्छ । यसरी आगो ताप्दा हातखुट्टा, अनुहार सुख्खा भएर फुट्ने र स्वास्थ्यमा अन्य असर गर्छ । त्यसैले प्लास्टिकको प्रयोग गरेर आगो ताप्न हुदैन ।

यस्तै हिटर ताप्दा झ्यालढोका बन्द गरेर ताप्दा कोठामा अक्सिजन कम भइ मानिसको मृत्यु समेत हुन सक्छ । त्यसैले जाडो मौसममा चिसोबाट बच्ने प्रमुख उपाय न्यानो कपडाको प्रयोग नै हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ५२ बजे

लैङ्गिक समानतालाई सुदृढ बनाउन हातेमालो आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच