इरानले दुई अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि के के भयो ? « Khabarhub

इरानले दुई अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि के के भयो ?


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध सहित इरानले अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि विश्वको ध्यान त्यता तानिएको छ ।

आक्रमणपछि अब ठूलो युद्ध हुने आँकलनसहित अनेक अड्कलबाजी पनि हुन थालेका छन् । अब घटनाक्रम कसरी अघि बढ्छ भन्ने विषय अन्यौल रहेपनि केहिबेरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ ।

इरानी आक्रमणपछि तेलको मूल्य बढेको छ भने सेयरको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय सेयर बजारमा पनि गिरावट आएको छ ।

त्यस्तै इराक, इरान, पर्सियन खाडी र ओमानको खाडीको पानी तथा हवाई क्षेत्रमा अमेरिकी व्यवसायिक उडानहरु बन्द गरिएको छ ।

अमेरिकाले इरानमा प्रत्याक्रम गरे मध्यपुर्वका अमेरिकी सैनिक अड्डा, अमेरिकी साझेदार मुलुक दुबई, कुबेत लगायतका मुलुकमा आक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।

इरानी मिसाईल आक्रमणबाट केही हताहत भएको हुनसक्ने समाचारहरु आएपनि अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले अमेरिका पक्षमा केही पनि क्षति नभएको अन्तर्राष्ट्रिय समाचार संस्थालाई बताएका छन् ।

इराकमा अमेरिकी निशानमा इरानले मिसाईल आक्रमण गरेसँगै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले इराकमा तैनाथ आफ्ना सेना र कुटनितिज्ञको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न अष्ट्रेलियाका सैन्य प्रमुखलाई निर्देशन दिएका छन् ।

अल-असदमा भएको पहिलो आक्रमणको क‍ेही समयपछि एरबिलमा अर्को आक्रमण भएको हो । इराकमा अहिले अमेरिकाका ५ हजार सैनिक रहेका छन्।

सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले अमेरिकी सेनाको सैन्य अड्डामा आक्रमण गरेको हो ।

यो पनि पढ्नुहोस्

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !

आफ्नो सैन्य कमाण्डर मारेको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण

इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ३१ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन