इरानले दुई अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि के के भयो ? « Khabarhub

इरानले दुई अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि के के भयो ?


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध सहित इरानले अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि विश्वको ध्यान त्यता तानिएको छ ।

आक्रमणपछि अब ठूलो युद्ध हुने आँकलनसहित अनेक अड्कलबाजी पनि हुन थालेका छन् । अब घटनाक्रम कसरी अघि बढ्छ भन्ने विषय अन्यौल रहेपनि केहिबेरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ ।

इरानी आक्रमणपछि तेलको मूल्य बढेको छ भने सेयरको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय सेयर बजारमा पनि गिरावट आएको छ ।

त्यस्तै इराक, इरान, पर्सियन खाडी र ओमानको खाडीको पानी तथा हवाई क्षेत्रमा अमेरिकी व्यवसायिक उडानहरु बन्द गरिएको छ ।

अमेरिकाले इरानमा प्रत्याक्रम गरे मध्यपुर्वका अमेरिकी सैनिक अड्डा, अमेरिकी साझेदार मुलुक दुबई, कुबेत लगायतका मुलुकमा आक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।

इरानी मिसाईल आक्रमणबाट केही हताहत भएको हुनसक्ने समाचारहरु आएपनि अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले अमेरिका पक्षमा केही पनि क्षति नभएको अन्तर्राष्ट्रिय समाचार संस्थालाई बताएका छन् ।

इराकमा अमेरिकी निशानमा इरानले मिसाईल आक्रमण गरेसँगै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले इराकमा तैनाथ आफ्ना सेना र कुटनितिज्ञको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न अष्ट्रेलियाका सैन्य प्रमुखलाई निर्देशन दिएका छन् ।

अल-असदमा भएको पहिलो आक्रमणको क‍ेही समयपछि एरबिलमा अर्को आक्रमण भएको हो । इराकमा अहिले अमेरिकाका ५ हजार सैनिक रहेका छन्।

सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले अमेरिकी सेनाको सैन्य अड्डामा आक्रमण गरेको हो ।

यो पनि पढ्नुहोस्

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !

आफ्नो सैन्य कमाण्डर मारेको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण

इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ३१ बजे

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएर बदनाम भएका बेलायतका

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल