घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो | Khabarhub Khabarhub

घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् ।

गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण गरेका थिए । गाउँपालिकाले तीन जना घुम्ती शिक्षक कम्प्युटर पढाउन नियुक्तसमेत गरेको छ ।

शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन् । प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयसँग कम्प्युटर शिक्षक नभएको र गाउँपालिकाका घुम्ती शिक्षक नियमित नआउँदा दाताले दिएका कम्प्युटर प्रयोगविहीन भएको बताए ।

उनले भने, ‘घुम्ती शिक्षक हुनुहुन्छ, कहिले महिनामा एकपटक त कहिले १५ दिनमा आउनुहुन्छ ।’

कक्षा ५, ६, ७ र ८ मा कम्प्युटर विषय पठन पाठन हुन्छ । विद्यार्थीले व्यवहारिकता बिना किताबका सैद्धान्तिक शिक्षा पढेका र सुनेका भरमा परीक्षा दिन विवश छन् ।

आदिवासी राजवंशी समुदायको बाहुल्य रहेको बाह्रदशी गाउँपालिकामा पाँच माध्यमिक तहसहित १६ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा कम्प्युटर पढाउन गाउँपालिकाबाटै तलब खुवाउने गरी तीन जना घुम्ती शिक्षक नियुक्त गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल बताउँछन् ।

उनले न्यून सङ्ख्यामा रहेका कम्प्युटर विषयका शिक्षकले विभिन्न विद्यालयमा आलोपालो पढाउनुपर्ने बाध्यता रहेको हुँदा समस्या आएको बताए ।

विद्यालयमा कक्षाकोठा र शिक्षक दरबन्दीको समेत अभाव छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ४५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ७ गते बुधबार। साउन

आज २०८२ साल साउन ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ७ गते बुधबार। साउन

आफूसँग प्रतिस्पर्धा गर्न तयार पूर्वराष्ट्रपतिलाई रोक्ने ओलीको प्रस्तावमा एमालेले लगायो ‘लालमोहोर’

काठमाडौं- नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई