मानेलाई अफ्रिकन वर्ष फुटबलरको अवार्ड « Khabarhub

मानेलाई अफ्रिकन वर्ष फुटबलरको अवार्ड


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस क्लब लिभरपुलका साडिओ मानेले अफ्रिकन वर्ष फुटबलर अवार्ड जित्न सफल भएका छन् ।

कन्फेडेरेशन अफ अफ्रिकन फुटबल (काफ) ले सेनेगलका मानेलाई वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो ।

उनले लिभरपुलका साथी खेलाडी इजिप्टका मोहम्मद सालह र म्यानचेस्टर सिटीका अल्जेरियन खेलाडी रियाद महरेजलाई पछि पारेर अवार्ड जितेका हुन् ।

२७ वर्षका मानेले गएको सिजन लिभरपुललाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले गएको सिजन सबै प्रतिस्पर्धामा गरेर ३० गोल गरेका थिए । यो सिजन उनले १५ गोल गरिसकेका छन् । लिभरपुल हाल प्रिमियर लिगको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : ०७ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका