यस्तो छ सुलेमानीलाई मार्न अमेरिकाले प्रयोग गरेको घातक ‘ड्रोन’ « Khabarhub

यस्तो छ सुलेमानीलाई मार्न अमेरिकाले प्रयोग गरेको घातक ‘ड्रोन’


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले ३ जनावरीमा इराकको बग्दाद विमानस्थल नजिक ड्रोनबाट एक हवाई हमला गरेर इरानका अल कुर्स फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो ।

जासूस सूत्रले अमेरिकी मिडियामा बताए अनुसार यो अप्रसेसन सीधा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको थियो र यसको पूर्व तयारी पनि गरिएको थियो ।

समाचारहरुका अनुसार सुलेमानी केही समय पहिला इराक पुगेका थिए र दुई गाडी लिएर हिँडेका थिए जसमा इरान समर्थित इराकी सेनाका मानिस पनि सहभागी भए ।

सुरुमा अमेरिकी सेनाले हेलिकोप्टरद्वारा इराकमा यस हमला गरेको समाचारहरु बाहिरिएका थिए ।

ड्रोनबाट गरिएको थियो हमला

तर अमेरिकी मिडियाहरुका अनुसार यो हमला मानवरहित एयरक्राफ्ट एमक्यू–९ रीपरको माध्यमबाट भएको थियो । यो एक ड्रोन हो जो अधिकतम ४८० किलोमिटर प्रतिघन्टाको गतिमा उडान भर्न सक्छ ।

न्यूयोर्क टाइम्सले सरकारी स्रोतको हवाला दिँदै लेखेको छ कि ड्रोनले दुई कारमा दुई मिसाइल आक्रमण गरेको थियो । यो मिसाइलले आफ्नो लक्ष्यमाथि विमानस्थलको कार्गो टर्मिनल निकट प्रहार गरेको थियो ।

अरबी टेलिभिजन अल अरेबियाले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार हेलफायर आर ९ एक्स मिसाइल थियो जसलाई निन्जा पनि भनिन्छ । हवाबाट पृथ्वीमा मार हान्ने यो मिसाइल युद्ध ट्यांक नष्ट गर्नका लागि बनाइएको थियो जसलाई हेलिकोप्टर या हवाइ जहाजको माध्यमबाट छोड्न सकिन्छ । रिपोर्टका अनुसार मध्य पूर्वको कुनै अप्रेसनमा अमेरिकाले नवौपटक यस खालको मिसाइलको प्रयोग गरेको छ ।

एयरक्राफ्ट एमक्यू–९ रीपर ४ हजार ९०० पाउन्डको वजनको हुन्छ । यो ड्रोनमा २ हजार २०० लीटर इन्धन भर्न सकिन्छ । यो ४ हजार ७६० किलो वजन बोकेर २३० किमी प्रतिघन्टाको रफ्तारमा उडान भर्न सक्ने क्षमताको रहेको छ । यो ड्रोनको प्रयोग निगरानी गर्न, खोज अभियान चलाउन तथा राहात –बचाव मिशनमा पनि गरिन्छ ।

एमक्यू–९ रिपर ड्रोन २००७ देखि प्रयोग गरिदै आएको छ । यसको पंखाको लम्बाइ ६६ फीट रहेको छ । यो ड्रोनको मूल्य ६ करोड ४२ लाख डलर पर्छ । एमक्यू–९ रिपर ड्रोन चलायमान निशानामा सटिकताका साथ प्रहार गर्न सक्षम रहेको छ । यसबाट हेलफायर मिसाइललाई सहज प्रहार गर्न सकिन्छ । यो ड्रोनमा एक पाइलट तथा सेन्सर अपरेटर बस्ने ठाउँ पनि रहेको छ ।

अमेरिकाले शुक्रबार इराकको राजानी बगदादमा एमक्यू–९ रिपर ड्रोनबाट हवाई हमला गरेको थियो । यो हमलामा इरानका वरिष्ठ कमाण्डर जनरल कासिम सुलेमानी सहित अन्य ८ जनाको मृत्यू भएको अमेरिकी दाबी रहेको छ ।

सुलेमानीको हत्यापछि इरानले बुधवार इराकमा रहेको दुई अमेरिकी सेनाको अखडामा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ३५ बजे

गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

 काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ