तामाको भाँडामा भुलेर पनि राख्न नहुने ५ कुरा « Khabarhub

तामाको भाँडामा भुलेर पनि राख्न नहुने ५ कुरा


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै नेपालीको घरमा तामाको भाँडा प्रयोग गर्छन । परापुर्वकालबाटै तामाको भाँडालाई शुद्ध र धार्मिकतासंग जोडिएर हेरिन्छ ।

धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ । तर कतिपय अवस्थामा तामाको भाँडो हाम्रा लागी हानिकारक पनि हुन सक्छ । तामाको भाँडामा केहि खानेकुराहरु राख्नु हुदैन । अन्यथा तामामा हुने तत्वको रसायनिक प्रतिक्रिया शरीरका लागि घातक हुनसक्छ ।

त्यसैले तामाका भाँडामा यी ५ कुरा कहिल्यै नराख्नुहोस् ।

१. अचार

तामाको भाँडोमा भुलेर पनि अचार राख्नु हुदैन । अचारमा हुने नुनिलो पानी तामासँग मिल्न जान्छ र यसले फुड पोइजन बनाउने सम्भावना हुनसक्छ ।

२. कागतीको रस

तामाको भाँडोमा राख्न नहुने अर्काे वस्तु हो कागतीको रस । कागतीको रसमा हुने एसिड तामासँग मिल्ने भएकाले यसले एसिडिटी वा पेट दुखाई जस्ता समस्या निम्त्याउने गर्दछ ।

३. दहि

तामाको भाँडोमा दहि पनि राख्नु हुँदैन । दहीमा हुने तत्व तामाको भाँडोमा हुने तत्वसंग मिलि रियाक्ट गर्ने भएकाले यसले समेत फुड पोइजनको खतरा बढाउने गर्दछ ।

४. अमिलो फल

तामाको भाँडामा अमिलो स्वाद भएका फल राख्नु हुदैँन । यसले फुड पोइजन गराउन सक्छ । साथै तामाको भाँडोमा राखेको फल खाँदा बान्ता हुने, रिंगटा लाग्ने समस्या हुन्छ ।

५. दुध

तामाको भाँडोमा दुध पनि राख्नु हुदैँन । तामाको भाँडामा राखिएको दुध खाएमा स्वास्थ्यमा नकारात्मक असर हुनसक्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ३४ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी