प्रहरीलाई ५ सय घुस दिन खोज्ने पक्राउ « Khabarhub

प्रहरीलाई ५ सय घुस दिन खोज्ने पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१५ डल्लु पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बालकोट बस्ने दाङ घोराही उपमहानगरपालिका-४ घर भएका २१ वर्षीय रबिन घर्तीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी बा.९७ प ३१९३ नम्बरको मोटरसाइकल चलाएको अवस्थामा फेला पारी घर्तीलाई कारवाही गर्ने क्रममा प्रहरीलाई उक्त नगद दिन खोजेपश्चात उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ५१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको