सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च « Khabarhub

सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै खाल्डा पर्नसक्ने सम्भावित स्थानमा मर्मत गर्ने नीति लिएको छ । तर त्यसको कार्यान्वयन नहुँदा ठूलो धनराशि सडक मर्मतमा खर्च भइरहेको छ भने जनताले पनि सास्ती भोगिरहेका छन् ।

सरकारले सडक निर्माणमा मात्रै ध्यान दिँदा मर्मत ओझेलमा परेको छ । एकातिर सडक मर्मतका लागि माग भएबमोजिम बजेट विनियोजन भएको छैन भने अर्कातिर विनियोजित बजेट पूर्णरूपमा खर्च हुन सकेको छैन ।

गत वर्षभन्दा चालू आवमा सडक मर्मतमा बजेट बढेको छ । नयाँ संरचनानुसार सङ्घीय सरकार अन्तर्गतका निकायले स्थानीय सरकारलाई सोझै रकम दिन मिल्ने नमिल्ने भन्ने पनि अन्योल छ । डिभिजन सडक कार्यालय कुनै नेपाल सरकारकै मातहत त कतिपय प्रदेश सरकार मातहत जाँदा पनि सडक मर्मतमा अन्योल छ ।

राम्रो अवस्थामा रहेको सडकमा थोरै परिमाणमा मात्रै ढुङ्गा, गिटी झर्दा त्यहीँबाटै सडक खाल्डापर्ने गरेको छ । एउटा सवारीसाधनले खसालेको ढुङ्गा, गिटी अर्को सवारीसाधनको टायरले थिच्दा प्वालपर्ने र अर्को अर्कोले थिच्दै जाँदा ठूलै खाल्डा पर्ने गरेको छ । सामान्यतया नेपालमा सडक कालोपत्रको आयु छ/सात वर्ष हुने प्राविधिक बताउँछन् । त्योभन्दा धेरै वर्षसम्म पनि मर्मत नहुँदा सडकमा खाल्डा बढिरहेको छ ।

समयसमयमा मर्मत नहुँदा सडक पूर्णरूपमा बिग्रिएर पुनःनिर्माण नै गर्ने अवस्थामा पुग्ने सडक बोर्ड नेपालका पूर्वअध्यक्ष पूर्ण कडरियाले बताए । सडकमा खाल्डा परेपछि पुर्ने नभएर खाल्डा पर्दैछ भनेर पहिले नै सम्भार गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘खाल्डा पर्नुअघि थोरै खर्चमा मर्मत हुने भए पनि त्यही सडक केही समयपछि ठूला खाल्डाका कारण मर्मतमा धेरै खर्च लाग्छ ।’

सडकमा रहेका खाल्डाखुल्डीले सवारीसाधन सञ्चालन खर्च बढाइरहेको उनको भनाइ छ । सडकमा खाल्डाका कारण छोटो दूरी पार गर्नसमेत लामो समय लाग्दा सवारीसाधन सञ्चालन खर्च बढेको हो । सवारीसाधन प्रतिघण्टा ६० किलोमिटर गुड्ने गरी सडक तयार हुँदा यो खर्च कम गर्न सकिन्छ । सडक बोर्डले सडक मर्मतका लागि अन्तर्राष्ट्रिय मान्यतानुसार पाउनुपर्ने रकम अर्थ मन्त्रालयले दिनुपर्नेमा उनको जोड छ ।

सडकमा निर्माण सामग्री खस्दा त्यसले सडकमा पिकले खन्दा भन्दा सजिलै खाल्डा बनाउने शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए । स्विटरमा एक ठाउँबाट धागो निस्कँदा त्यहीँबाटै सिङ्गो स्विटर उध्रिए जसरी नै सडकमा कुनै एक ठाउँमा खाल्डा पर्दा त्यसले समयमै मर्मत नहुँदा पूरै सडक बिगार्छ । कुन सडकमा सवारीसाधनको चाप कति हुन्छ भन्ने आँकलन नगर्दा कतिपय सडकमा चाप अत्याधिक छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : ०० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु