विश्वकै प्रतीक्षित फिल्म ‘अवतार २’, तस्वीरमा हेर्नुहोस् आकर्षक लूक | Khabarhub Khabarhub

विश्वकै प्रतीक्षित फिल्म ‘अवतार २’, तस्वीरमा हेर्नुहोस् आकर्षक लूक


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२१ को डिसेम्बरमा प्रदर्शनमा आउने फिल्म ‘अवतार २’ का केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माण कम्पनीले फिल्मका आकर्षक तस्वीरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

सन् २००९ मा रिलिज भएको ‘अवतार’ को दोस्रो सिक्वेलको दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । ‘अवतार’ मा पृथ्वी र पेण्डोरा ग्रहवासीबीचको युद्ध देखाइएको थियो ।

आधिकारिक जानकारीका अनुसार दोस्रो सिक्वेलमा पेण्डोरा ग्रह मात्र देखाइने छैन । नयाँ विश्व पनि देखाइनेछ ।

साइन्स फिक्सन यो फिल्मले विश्वमै सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड राखेको थियो । अवतारको रेकर्ड सन् २०१९ मा रिलिज भएको फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ ले तोडेको थियो ।

जेम्स क्यामरुनले निर्देशन गरेको ‘अवतार’ ले विश्वको ध्यान तान्न सफल भएको थियो । यसका ४ भाग रिलिज हुने निर्देशक क्यामरुनले घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ५३ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम