टाटा नेक्सन बन्यो कर्पोरेट क्षेत्रको पहिलो रोजाई | Khabarhub Khabarhub

टाटा नेक्सन बन्यो कर्पोरेट क्षेत्रको पहिलो रोजाई


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको बताएको छ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथाभित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ ।

२०९ एम एम ग्राउन्ड क्लियरेन्स रडुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।

हालैमात्र नेपाल एसबिआई बैंक (काठमाडौं) र गोदावरी आइरन स्टोर (हेटौंडा)लाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैंक तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ भैरहेको छ ।

एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरू डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध छ ।

साथै नयाा वर्षको अवसरमा टाटा मोटर्सले ल्याएको नयाा वर्षमा नयाँ कार योजनाले पनि ग्राहक वर्गमा थप उत्साह बढेको कम्पनीले जानकारी दिएको छ ।

यो योजनाअनुसार जनवरी महिनाभरि नै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु १ लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज, डिनर लगायतकाविशेष आर्कषणहरु रहेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ५ : ४० बजे

आज ४३औँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज

भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक

काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा

लण्डन – बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन ६ गते मंगलबार। साउन