अमेरिकाबाट जारी भएको पासपोर्ट बोकेर नेपाल आएका इरानी पक्राउ « Khabarhub

अमेरिकाबाट जारी भएको पासपोर्ट बोकेर नेपाल आएका इरानी पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाबाट जारी भएको राहदानी (पासपोर्ट) बोकेर नेपाल आएका एक इरानी नागरिक पक्राउ परेका छन् ।
रिचर्ड जोसेफ लिन्डेकरका नाममा अमेरिकाले जारी गरेको ५९४२२३५३२ नम्बरको पासपोर्ट बोकेर नेपाल आएका इरानी नागरिक हसन गोल्कर रिजीलाई पक्राउ गरी फिर्ता पठाएको छ ।

उनी मलेसिया हुँदै मालिन्दो एयरलाइन्सबाट गत शनिबार नेपाल आएका थिए । उनलाई साधारण सोधपुछ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मलेसिया नै फिर्ता पठाएको हो। गैरकानुनी रूपमा प्रयोग गरेको अमेरिकी राहदानी पनि अध्यागमनले जफत नगरी उनैलाई फिर्ता दिएको छ।

इरानी विशेष फौज (कुड्स) का सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा मारिएको भोलिपल्ट इरानी नागरिक हसन अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका थिए। उनले बोकेको राहदानी ‘स्टोलन एन्ड लस्ट ट्राभल डकुमेन्ट’ (एसएलटीडी) गैरकानुनी डकुमेन्ट हो ।

एसएलटीडीको विवरण विश्वका प्रहरीको साझा संस्था इन्टरपोलमा समेत दिइएको हुन्छ। कुनै व्यक्ति अर्को मुलुकमा गएर राहदानी हराएमा वा चोरी भएमा त्यस्तो राहदानीलाई एसएलटीडीको सूचीमा राखिन्छ ।

विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले इरानीलाई नियन्त्रणमा लिएर सोधपुछपछि मलेसिया फर्काइएको पुष्टि गरेका छन् ।

अमेरिकाको ड्रोन आक्रमणमा इरानी विशेष फौजका सैन्य कमान्डर सुलेमानी शुक्रबार मारिएपछि नेपालस्थित अमेरिकी राजदूतावासले सुरक्षा संवेदनशीलताबारे सरकारको ध्यानाकर्षण गराएको छ।

अमेरिकाको ध्यानाकर्षणपछी सरकारले नेपाल प्रवेश गर्ने विदेशीमाथि निगरानी बढाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : २६ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा