अमेरिकाबाट जारी भएको पासपोर्ट बोकेर नेपाल आएका इरानी पक्राउ « Khabarhub

अमेरिकाबाट जारी भएको पासपोर्ट बोकेर नेपाल आएका इरानी पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाबाट जारी भएको राहदानी (पासपोर्ट) बोकेर नेपाल आएका एक इरानी नागरिक पक्राउ परेका छन् ।
रिचर्ड जोसेफ लिन्डेकरका नाममा अमेरिकाले जारी गरेको ५९४२२३५३२ नम्बरको पासपोर्ट बोकेर नेपाल आएका इरानी नागरिक हसन गोल्कर रिजीलाई पक्राउ गरी फिर्ता पठाएको छ ।

उनी मलेसिया हुँदै मालिन्दो एयरलाइन्सबाट गत शनिबार नेपाल आएका थिए । उनलाई साधारण सोधपुछ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मलेसिया नै फिर्ता पठाएको हो। गैरकानुनी रूपमा प्रयोग गरेको अमेरिकी राहदानी पनि अध्यागमनले जफत नगरी उनैलाई फिर्ता दिएको छ।

इरानी विशेष फौज (कुड्स) का सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा मारिएको भोलिपल्ट इरानी नागरिक हसन अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका थिए। उनले बोकेको राहदानी ‘स्टोलन एन्ड लस्ट ट्राभल डकुमेन्ट’ (एसएलटीडी) गैरकानुनी डकुमेन्ट हो ।

एसएलटीडीको विवरण विश्वका प्रहरीको साझा संस्था इन्टरपोलमा समेत दिइएको हुन्छ। कुनै व्यक्ति अर्को मुलुकमा गएर राहदानी हराएमा वा चोरी भएमा त्यस्तो राहदानीलाई एसएलटीडीको सूचीमा राखिन्छ ।

विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले इरानीलाई नियन्त्रणमा लिएर सोधपुछपछि मलेसिया फर्काइएको पुष्टि गरेका छन् ।

अमेरिकाको ड्रोन आक्रमणमा इरानी विशेष फौजका सैन्य कमान्डर सुलेमानी शुक्रबार मारिएपछि नेपालस्थित अमेरिकी राजदूतावासले सुरक्षा संवेदनशीलताबारे सरकारको ध्यानाकर्षण गराएको छ।

अमेरिकाको ध्यानाकर्षणपछी सरकारले नेपाल प्रवेश गर्ने विदेशीमाथि निगरानी बढाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : २६ बजे

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,