मध्यपूर्वबाट सबै अमेरिकी सेना हटाउने इरानको चेतावनी « Khabarhub

मध्यपूर्वबाट सबै अमेरिकी सेना हटाउने इरानको चेतावनी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिकी सेना हटाउने चेतावनी दिएको छ ।

इरानी राष्ट्रपति हसन रूहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका हुन् ।

ट्वीटमा रुहानीले लेखेका छन् ‘जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए। आतंकवादविरूद्ध उनले नलडेका भए युरोपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे । सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं।’

रुहानीको ट्वीट हेर्नुहोस्

इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै ‘अन्तिम जवाफ’ हुने राष्ट्रपति रूहानीको भनाइ छ।

इराकको राजधानी बग्दाद विमानस्थलनजिकै गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएका थिए।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : ४७ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब