कविता – कामना किन गरौं « Khabarhub

कविता – कामना किन गरौं



किन गर्नु चाहना म हरदम यो देश र अरुको सुख र खुशीको !
मेरो चाहनामा यदि कोही
खुशी र सुखी हुन सक्दैन भने!!

किन चाहनु हरपल म समृद्दि मेरो यो देशको र नेपालीको
यदि म नागरैक मेरो कुनै मतलव मेरै देशले राख्दैन भने!!

किन चाहुँ साथी असल म यो मन देखि दीप झैं मुटुको भित्रैबाट!
साथी मेरो खुशी र सुख नै कहिले पनि यदि चाँहदैन भने!!

म यसो गर्छु

हरपल भेरो देशको समृद्दिकोमात्र कामना म किन पो गरौं ?
यदि यो देश नै म नागरिक हुनुको महत्व कहिले बुझ्दैन भने!!

किन मानौ म न्याय र कानुन हामी जनतालाई न्याय मिल्दैन भने !
किन म बसौं यो देशमा ढुकेर देशले मेरो मर्म बुझ्दैन यदि भने !!

हरपल जस्को खुशीको म कामना मनबाट ईश्वर सित गर्छु
तर मेरो सानो खुशीमा ऊ कहिल्यै रम्दैन यदि भने !!

हो म मेरो इमानको रगत पसिना र कर्मले शुभ चाहन्छु !
तर बदलामा त्यो मन र देशले मलाई पनि बुझोस् म यो चाहन्छु!!

तर पनि म यो मेरो पावन जन्ममा हरपल गौरव गर्छु !
मेरालागि खुशी हुने हर निर्दोष मनलाई सम्मान गर्छु !!

जन्म दिएर त्राण भर्ने यो माटोलाई शुभ भाव म छर्छु !!
मलाई देख्दा रमाउने जो जो छन् ति मनकालागि हज्जारौं असल
कामना सॅधै गर्छु!!

जननी र मेरी जन्म भूमिलाई हरपल म शब्दका पुष्प चढाउॅ छु !
निर्दोष सन्तान ,प्रिय मानिस र शुभ चिन्तकलाई म माया पोख्छु !!

जो साथी छन् मेरालागि हरदम मनका चाहना चढाउॅछु !
त्यो साथीको खुशीकालागी शब्द सिकेर देशलाई चढाउॅछु !!

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : २४ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई