कविता - कामना किन गरौं | Khabarhub Khabarhub

कविता – कामना किन गरौं



किन गर्नु चाहना म हरदम यो देश र अरुको सुख र खुशीको !
मेरो चाहनामा यदि कोही
खुशी र सुखी हुन सक्दैन भने!!

किन चाहनु हरपल म समृद्दि मेरो यो देशको र नेपालीको
यदि म नागरैक मेरो कुनै मतलव मेरै देशले राख्दैन भने!!

किन चाहुँ साथी असल म यो मन देखि दीप झैं मुटुको भित्रैबाट!
साथी मेरो खुशी र सुख नै कहिले पनि यदि चाँहदैन भने!!

म यसो गर्छु

हरपल भेरो देशको समृद्दिकोमात्र कामना म किन पो गरौं ?
यदि यो देश नै म नागरिक हुनुको महत्व कहिले बुझ्दैन भने!!

किन मानौ म न्याय र कानुन हामी जनतालाई न्याय मिल्दैन भने !
किन म बसौं यो देशमा ढुकेर देशले मेरो मर्म बुझ्दैन यदि भने !!

हरपल जस्को खुशीको म कामना मनबाट ईश्वर सित गर्छु
तर मेरो सानो खुशीमा ऊ कहिल्यै रम्दैन यदि भने !!

हो म मेरो इमानको रगत पसिना र कर्मले शुभ चाहन्छु !
तर बदलामा त्यो मन र देशले मलाई पनि बुझोस् म यो चाहन्छु!!

तर पनि म यो मेरो पावन जन्ममा हरपल गौरव गर्छु !
मेरालागि खुशी हुने हर निर्दोष मनलाई सम्मान गर्छु !!

जन्म दिएर त्राण भर्ने यो माटोलाई शुभ भाव म छर्छु !!
मलाई देख्दा रमाउने जो जो छन् ति मनकालागि हज्जारौं असल
कामना सॅधै गर्छु!!

जननी र मेरी जन्म भूमिलाई हरपल म शब्दका पुष्प चढाउॅ छु !
निर्दोष सन्तान ,प्रिय मानिस र शुभ चिन्तकलाई म माया पोख्छु !!

जो साथी छन् मेरालागि हरदम मनका चाहना चढाउॅछु !
त्यो साथीको खुशीकालागी शब्द सिकेर देशलाई चढाउॅछु !!

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : २४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय