एक मिसकलले जुर्‍यो बिहे, ६० वर्षीया बेहुलीलाई २० बर्षे दुलाहा « Khabarhub

एक मिसकलले जुर्‍यो बिहे, ६० वर्षीया बेहुलीलाई २० बर्षे दुलाहा


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः विवाहमा बेहुला र बेहुलीको उमेरबिच केहि भिन्नता रहने गरेको छ ।

अधिकाशं अवस्थामा बेहुलीभन्दा बेहुलाको उमेर बढि हुन्छ । तर प्रेममा परेका कतिपय जोडिहरु भने उमेरको हदलाई समेत पार गर्दछन् ।

तथापी उमेरको भिन्नता एक सिमासम्म मात्र हुन्छ । अर्थात आफुभन्दा ५/१० बर्ष जेठाकान्छा संग विवाह हुनु स्वभाविक हो । तर भारतमा भने एक जोडिको उमेरको भिन्नता यति धेरै छ कि जसको कल्पना समेत गर्न सकिदैन ।

सुन्दै पत्यार नलाग्ने यस बिवाहमा बेहुला बेहुली बिचको उमेर भिन्नता ४० बर्षको छ । र अझ रोचक त के छ भने बेहुला २० बर्षका छन् भने बेहुली ६० बर्षकी छन् ।

यो भारतको उत्तर प्रदेशको मुरादाबाद जिल्लाको रामपुर शहर, सैदनगर गाउँ निवासी एक ६० वर्षीया महिलाले मात्र २० बर्षका युवकसँग विवाह गरेकी हुन् ।

अहिले यस विवाहको चर्चा आसपासका गाउँ मात्र नभई विश्वभर फैलिएको छ । बेहुला भारत हरदोईका निवासी हुन् । यि दुबैको भेट मिस्डकलबाट शुरुवात भएको थियो ।

खासमा दुई बर्षअघि यि युवाले गल्तीले एक नम्बरमा कल गरे । तर हतारमा पुरा रींग नजादै फोन काटे । उता महिलाले आफ्नो मोवाइलमा मिस्डकल देखेपछि फोन फर्काइन् ।

यसपछि दुबैबिच फोनमा कुराकानी हुन थाल्यो । फोनमा भएको कुरा यति गहिराईसम्म पुग्यो कि दुबैले संगैबाच्ने मर्ने कसम समेत खाए ।

करिब १२ बिघाकी धनि ती महिलाको पतिको केहि बर्षअघि मृत्यु भइसकेको छ । आफ्नी आमाको विवाहको खबर सुनेर ति महिलाकी छोरीले माइतीमा गई यस विवाहको निकै विरोध गरिन् ।

यो बिषय प्रहरीकोमा समेत पुग्यो । तर महिला र युवकले विवाहमा दुबै पक्षको मञ्जुरी भएको बताएपछि प्रहरीले उनीहरुलाई कारबाही गर्न सकेन ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : २९ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

कर्णाली– कर्णाली प्रदेशको प्रारम्भिक विपद्-मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२

विश्व बालश्रमविरुद्ध दिवस : बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडौं– बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे

मिडिया ट्रायलविरुद्ध गंगा दाहालको आपत्ति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले