महाभियोगका प्रस्तावक र साक्षीसँग ट्रम्प आक्रोसित, २ उच्च अधिकारीलाई बर्खास्त « Khabarhub

महाभियोगका प्रस्तावक र साक्षीसँग ट्रम्प आक्रोसित, २ उच्च अधिकारीलाई बर्खास्त


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि महाअभियोगमा साक्षीका रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् ।

अमेरिकी तल्लो सदनमा भएको ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा सुनुवाइमा उपस्थित भएका उच्च अधिकारीलाई ट्रम्पले बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाएका छन् । माथिल्लो सदन सिनेटले गएको बुधबार महाभियोगमा ट्रम्पलाई दोषी ठहर नगर्ने पक्षमा मतदान गरेको हो ।

त्यसपछि राष्ट्रपति ट्रम्पले आफूविरुद्ध तल्लो सदनमा भएको अनुसन्धानको क्रममा बयान दिएका अधिकारीलाई बर्खास्त गरेका हुन् । ट्रम्पले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धमा उच्च अमेरिकी विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन् ।

भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले तत्काल लागु हुने गरी इयुका लागि अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन् ।

सिनेटबाट महाअभियोगमा सफाइ पाएसँगै ट्रम्पले आफूविरुद्ध सुनुवाईमा उपस्थित भएका अधिकारीहरुलाई बर्खास्त गर्ने तयारी गरेको र यसकै प्रक्रिया अन्तर्गत सण्डल्याण्ड र भिण्डम्यानलाई उनले हटाएको बताइएको छ ।

बुधबार सिनेटमा भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । अमेरिकाको इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ४२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा